म छु अनि मेरा भावना छन्

खुला आकाश हेर्छु मध्य रातमा, ताराहरु संगै छन् 
रुखको कुनै हाँगामा दुइ चरा चिरबिर गर्दै छन्
दुनियानै यस्तै हो कि म एक्लो भएको  
म छु अनि केवल मेरा भावना छन्.

तस्बिर छैन तिम्रो, केवल सम्झनाहरु छन्
बाटो थाहा छ तिम्रो घरको, तर तगारो धेरै छन् 
बस्न सक्छु यसै, एक्लै त छैन म
म छु अनि मेरा भावना छन् ।

0 Comentarios