झरीको पानीले टिन छुदा

धेरै अनिद्राका रात मध्ये आजको रात पनि एक हुने छ, 
सुनसान बस्तिमा आज पानीको छिटाले टिन छुने छ, 
बेला बेलामा चिसो बतासले मन चोरी लाने होला ,
आज फेरी आँखामा आँसु अनि हातमा तिम्रो फोटो हुने छ।

बिहान घाम उदाउदा सम्म भित्तामा तिम्रै आकृति हुने छ ,
सुस्ताएको मुटुमा आज फेरी हलचल हुने छ,
बिगतले बेला बेला काँधमा हात राखेर बोलाउने होला,
आज फेरी आँखामा आँसु अनि हातमा तिम्रो फोटो हुने छ।

यो बन्द कोठामा आज म अनि मेरो बेचैनी हुने छ ,
दराजका कुना काप्चा तिम्रो तस्विर खोजिने छ,
बेला बेलामा जीन्दगीनै बिरक्त्त लाग्ने होला,
आज फेरी आँखामा आँसु अनि हातमा तिम्रो फोटो हुने छ।


0 Comentarios