मेरा केहि साथीहरु


मेरा केहि साथीहरु मलाई भन्ने गर्छन तँ उसलाई देख्ना साथ आँखा बन्द गर्दे

नदेखेको जस्तो गर, नचिनेको जस्तो गर
तर उनीहरुलाइ के थाहा त्यो बन्द आँखा पछाडीको कोठामा उस्कै तस्विरहरु छन, रंगीबिरंगी
ती न कसैले बिर्सेर गएका न कुनै बाध्यताले त्यहाँ 
म आफैले एक एक गर्दै काँटी ठोक्दै झुण्डाएको
अनि उनीहरु भन्ने गर्छन आँखा बन्द गर्दे, नचिनेको जस्तो गर 

उनीहरु भन्छन तँ आफ्नो मुखबाट उस्को नाम लिदै न लि
कसैले उस्को नाम बोलाउँछ भने बरु कान थुन्दे, नसुने जस्तो गर
तर उनीहरुलाइ के थाहा, मैले अघि भने नि त्यो बन्द आँखा पछाडीको कोठा
त्यो कोठामा एउटै ध्वनि गुन्जिन्छ
त्यो ध्वनि न बगेको पानीको हो, न हावाको, न त्यो हावाले हल्लाएको पातको 
त्यो ध्वनि केवल उस्कै नामको गुञ्जनको हो
अनि उनीहरु भन्छन कान थुन्दे, नसुने जस्तो गर

उनीहरु मलाइ यो पनि भन्ने गर्छन कि तँ यस्तो ठाउँमा जा जहाँ न उ होस् न उसका यादहरु
म उनीहरुलाइ कसरि सम्झाउँ
उ बग्छे हावामा, पानीमा, बिहानीको सितमा उ झरीदिन्छे
मलाई लाग्थ्यो उस्को र घामको के सम्बन्ध होला र,
तर जब जब घाम चर्कन्छ तब-तब मन पोल्छ, कतै उसलाइ घामले पोल्यो कि भनेर
म कुन ठाउँ जाउँ जहाँ न घाम होस् न पानी, न हावा न उस्को याद
अनि उनीहरु भन्ने गर्छन यस्तो ठाउँमा जा जहाँ न उ होस् न उसका यादहरु...



0 Comentarios