आज भोलि

बढो अजिब ठाउँमा भेटिन्छन खुसि अचेल,
मिस्ड भएको कलमा,
फेसबुकको वालमा,
पहिले लुकी लुकी रुखमा उस्को र आफ्नो नाम कोर्ने गर्थे म,
अचेल फेसबुक प्रोफाइलमा खुल्लम खुल्ला छ, "इट्स कम्प्लिकेटेड",
बढो अजिब ठाउँमा भेटिन्छन खुसि अचेल.

बढो अजिब ठाउँमा भेटिन्छन खुसि अचेल,
आइफोनको ब्याट्री अनि,
एनसेलको थ्रीजीमा,
पहिले जब उस्को फोटो हातमा पर्थ्यो, म बादलमा उड्ने गर्थे,
अचेल क्लाउड स्टोरेज बाटै रोजी रोजी डाउनलोड गर्ने गरेको छु,
बढो अजिब ठाउँमा भेटिन्छन खुसि अचेल.


0 Comentarios