तिमी मात्र तिमी

मुटु मा तिम्रै नाम, नशामा नि तिमी
नयनमा तस्बिर तिम्रो, अधरमा नि तिमी
कहिले बहाना तिमी, सधैको चाहना तिमी
जित को सहारा अनि चोट मा साथ तिमी

बन्द आँखामा तिमी, फेर्ने सासमा नि तिमी
जिन्दगीको दौड अनि हरेक आशमा तिमी
हावा बनि बग्ने तिमी, पानी बनि बर्सिने नि तिमी
रंग बनि जीवनमा मलाई रंगाउने नि तिमी




0 Comentarios