तारिफ v1.0


मलाइ मन पर्ने उ तर उस्का ती केशहरु,
सायद म जस्तै उसको सुन्दरता देखि आतंकित थिए ती  केशहरु,
त्यहि भएर बेला बेला हावाको बेगमा उसको ओंठ चुम्न उड्थे ती केशहरु,
बेखबर तीनको नियतबाट उ, टक्क दुइ औंलाले कान माथी डिपोजिट गर्दिन्थि ती केशहरु,
मलाइ मन पर्ने उ तर उस्का ती केशहरु. 




मलाइ मन पर्ने उ अनि उस्का ती ओंठहरु 

मैले उसलाई दिने गुलाब भन्दा पनि लाली चढेका ती ओंठहरु 
उ बोल्दा धेरै नछुटिने, अझ मौन हुँदा अंगालो हाली बस्ने ती ओंठहरु
निउटनले पनि नबुझ्ने गुरुत्वाकर्षण भएका ती ओंठहरु
मलाइ मन पर्ने उ अनि उस्का ती ओंठहरु 







0 Comentarios